उपनिर्वाचन : रास्वपाले उम्मेदवार छनोट विधि आइतबार टुङ्गो लगाउने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा उम्मेदवार छनोट विधि आगामी बैठकले टुङ्ग्याउने निर्णय गरेको छ ।

बिहीबार पार्टी कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले योग्य उम्मेदवार छनोट गर्ने प्रस्ताव पेस भएको हो । सोही विधिमार्फत आइतबारको बैठकले उम्मेदवार छनोट विधि टुङ्ग्याउने निर्णय भएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

‘योग्य उम्मेदवार छनोट गर्ने प्रस्ताव विधि प्रस्तावित भयो । त्यस विधिमाथि आगामी बैठकले टुङ्गो लगाउने निर्णय भयो । केही उम्मेदवारहरूको प्रस्ताव आएका छन् । केही आउन बाँकी छन् ।’उनले भने

उम्मेदवारको विषयमा सागर ढकाल, कुलमान घिसिङ लगायत कुनै व्यक्ति छनोट हुन सक्ने भए पनि व्यक्तिको बारेमा प्रवेशै नगरेको बुर्लाकोटीले दाबी गरे ।

  • १९ असार २०८२, बिहीबार १७:०० प्रकाशित