काठमाडौं ।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो ।
बैठकमा अध्यक्ष माधवकुमार नेपालमाथि पतञ्जली जग्गा प्रकरणमा लागेको भ्रष्टाचार मुद्दा, नेतृ रामकुमारी झाँक्रीमाथि सोधिएको स्पष्टीकरण लगायत समसामयिक राजनीतिबारे छलफल हुने जनाइएको छ । यसबाहेक निजामती विधेयकमा भएको चलखेलबारे समेत छलफल हुने नेताहरूले बताएका छन् ।
आजको बैठकमा महाससिचव घनश्याम भुसाल र सम्मानित नेताले धारणा राखेपछि बैठक आजै सम्पन्न गर्ने तयारी छ । गत साता सुरु भएको बैठक दुई दिन बसेर स्थगित भएको थियो ।














