ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते

केन्द्रभाग मिडिया

File photo

ताप्लेजुङ ।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ मा गए राति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् ।

स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उनीसहित श्रीमती ठगमाया, छोरा जगत् र छोरी सम्झना घाइते भएको स्थानीय मौसम सेलिङले जानकारी दिए ।

घरमाथिको कुलो थुनिएर पहिरो खस्दा घर पुरिएको हो । कटुवाल परिवारलाई छिमेकीले उद्धार गरेका थिए ।घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि पाँचथर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

  • १८ असार २०८२, बुधबार ११:०८ प्रकाशित