सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा प्रस्तुत

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले प्रतिनिधि सभा बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका छन् ।

आइतबारको बैठकमा मन्त्री गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि छलफलका लागि संसद्‌मा प्रस्तुत गरेका हुन् । यस विधेयकमा संसद्‌मा छलफल जारी छ ।

  • १५ असार २०८२, आईतवार १४:५५ प्रकाशित