बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक सुरु

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक सुरु भएको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले जानकारी दिइन् ।

बैठकले सोमबार दिउँसो एक बजे बोलाएको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्नेछ ।

  • १५ असार २०८२, आईतवार १२:४६ प्रकाशित