स्पेन भ्रमणबारे प्रधानमन्त्री ओलीले सदनलाई गराए जानकारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे संसदलाई जानकारी गराएका छन् ।प्रतिनिधि सभाको शनिबारको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमणबारे जानकारी गराएका हुन् ।

शनिबार साँझ संयुक्त राष्ट्रसंघको विकासको लागि वित्त चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन भ्रमणमा जान लागेको उनले बताए । १४ असारको साँझ ६ बजे कतार एयरवेजको जहाजबाट दोहा हुँदै यात्रा सुरू हुने उनले बताए । उनी १५असार गते उनी स्पेन पुग्नेछन् । भ्रमण टोलीमा २१ जना सहभागी हुने उनले बताए ।

भ्रमणको दोस्रो दिन सेभिया पुग्ने र नागरिक समाजले आयोजना गरेको कार्यक्रममा सहभागी हुने उनले बताए ।स्पेनका प्रधानमन्त्रीसँग साँझ भेट गर्ने कार्यक्रम रहेको उनले बताए ।

  • १४ असार २०८२, शनिबार १३:३४ प्रकाशित