रसुवा बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव, १६१ को अस्थायी व्यवस्थापन

केन्द्रभाग मिडिया

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर ज्यान गुमाएकामध्ये २४४ जनाको जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा. गोपाल चौधरीले बाढीमा परेर ज्यान गएकामध्ये २४४ शव शिक्षण अस्पतालमा लगिएको जानकारी दिए ।अस्पतालमा ल्याइएका २४४ शवमध्ये १६१ शवको अस्थायी व्यवस्थापन गरिएको छ । यस्तै, २४ शवको पहिचान भएकाले परिवार तथा आफन्तलाई जिम्मा लगाइसकिएको डा चौधरीले बताए ।

यस्तै, हाल ५९ शवहरु अस्पतालमै रहेका छन् । केही शवहरुको पोस्टमार्टम गर्न बाँकी रहेकाले पोस्टमार्टमपछि उक्त शवको व्यवस्थापन गरिने अस्पतालले जनाएको छ । रासस

  • २१ भाद्र २०८३, आईतवार १३:०७ प्रकाशित