काठमाडौं ।
आज प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।
विहान ११ बजेका लागि बोलाईको प्रतिनिधिसभामा प्रधामन्त्री ओलीले सम्बोधन गर्ने तय भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
सम्बोधनका क्रममा उनले भ्रमणबारे संसदमा जानकारी गराउनुका साथै समसामयिक विषयमा सम्बोधन गर्ने बताइएको छ । प्रधानमन्त्री ओली आजै साँझ ६ बजे स्पेन भ्रमण जाँदैछन् ।














