काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक अहिले बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको हो । बैठकमा अध्यक्ष माधवकुमार नेपालमाथिको मुद्दाबारे छलफल भइरहेको छ ।
पतञ्जली योगपिठको जग्गा प्रकरणमा विशेष अदालतले अध्यक्ष नेपाललाई ३५ लाख धरौटीमा छाडेको थियो । त्यसक्रममा पार्टीका आन्तरिक गतिविधिबारे समेत बैठकमा छलफल हुने बताइएको छ ।














