शेखरले दिए विद्रोहको चेतावनी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले विद्रोहको चेतावनी दिएका छन् ।

सभापति शेरबहादुर देउवाले पेलेर जाने निति अपनाएपछि उनीमाथि दबाब बढाउन शेखरले विद्रोहको चेतावनी दिएका हुन् । अस्ति र हिजो आफु पक्षको समुहको बैठक बोलाएर महाधिवेशनको समिक्षा गर्दै कोइरालाले सभापति देउवाले पेलेर जान खोजे सशक्त प्रतिवादमा उत्रिने बताए । उनले आफ्नो खबरदारीलाई बेवास्ता गरिए पार्टी दुर्घटनामा पर्न सक्ने चेतावनी दिए ।

सभापति देउवाले विधि विधानभन्दा बाहिर गएर गर्ने काम बन्द गर्न सबै एकढिक्का हुनुपर्ने कोइरालाको भनाइ छ ।सक्षम नेता कार्यकर्तालाई नियोजित रुपमा पाखा लगाउने कामका विरुद्ध आवाज उठाउनुपर्ने उनले बताए ।

  • २२ पुष २०७८, बिहीबार ०८:५८ प्रकाशित