संसद्‍मा पछिल्लो ७ दिनमा १० विधेयक दर्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले पछिल्लो सात दिनमा विभिन्न १० वटा विधेयक संघीय संसद्‍मा दर्ता गरेको छ ।

मंगलबार मात्रै तीन वटा विधेयक दर्ता भएका छन् । जसमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्‍ठान विधेयक, केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक र महिला, बालबालिका, लैङ्‍गिक तथा यौनिक अल्पसङ्‍ख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक रहेको छ ।

यस अगाडि ५ असोजमा पाँच वटा विधेयक दर्ता भएको थियो ।जसमा डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, राष्ट्रिय प्रतिरक्षा विश्‍वविद्यालय विधेयक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (दोस्रो संशोधन) विधेयक रहेको छ ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, र आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्‍त्रण) (पहिलो संशोधन) विधेयक पनि दर्ता भएको छ ।

२ असोजमा निशुल्क कानुनी सहायता सम्बन्धी विधेयक असोज १ गते फोहोरमैला व्यवस्थापन विधेयक दर्ता भएको थियो ।कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमका अनुसार सरकार कानुन निर्माणको प्रक्रियालाई गति दिने गरी अगाडि बढिरहेको छ ।

  • ७ आश्विन २०८३, बुधबार ११:१५ प्रकाशित