आज सुनको मूल्य कति छ ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

साताको कारोबारको चौथो दिन बुधवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो ।

आज सुनको मुल्य ३ लाख २ हजार ३०० रुपैयाँ रहेको छ ।

यता चाँदीको मूल्य आज ४० रुपैयाँले बढेको छ । आज प्रतितोला ४ हजार ८ सय १५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

  • ७ आश्विन २०८३, बुधबार ११:३६ प्रकाशित