मलको हाहाकार भइरहन्छ : कृषि मन्त्री

केन्द्रभाग मिडिया

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मलको हाहाकार सधैँ भइरहने बताएका छन् ।

नेपाल डेरी एसोसिएसनले विहीबार काठमाडौंमा आयोजना गरेको दही चिउरा प्रवर्द्धन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले मलको हाहाकार रहेको र भइरहने बताएका हुन् ।

उनले गत वर्ष कृषि मन्त्रालयलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको र जम्मा साढे ४ लाख टनमात्र मल आएको जानकारी दिए ।बजारमा मागको आपूर्ति ११ लाखदेखि १३ लाख टनको रहेको र एक चौथाई मलले किसानलाई समयमै मल पुर्‍याउनसक्ने स्थिति नरहेको तर्क गरे ।

उधारो दूध वर्षौंदेखि खाइरहेको र भुक्तानी दिन नसकेको दुःखेसो मन्त्री अधिकारीले गरे । ‘हामीले किसानलाई पैसा तिर्न सकेका छैनौँ । उधारो दूध वर्षौंदेखि खाइरहेका छौँ । त्यो कहिले तिर्ने रु’ उनले प्रश्न गरे ।

‘मलको हाहाकार छ, हुन्छ, जो मन्त्री भएपनि हुन्छ । गत वर्ष हामीलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको थियो । जम्मा साढे ४ लाख टन भन्दा मल आउँदै आउँदैन,’ उनले भने, ‘बजारमा हाम्रो मागको आपूर्ति ११ लाखदेखि १३ लाख टनको छ ।’

एक चौथाई मात्र मल आयात हुँदा किसानलाई पुर्‍याउन नसकिएको उनको तर्क थियो ।

  • १२ असार २०८२, बिहीबार १५:०३ प्रकाशित