रौतहटमा सेफ्टी ट्याङ्कीमा डुबेर २ बालबालिकाको ज्यान गयो

केन्द्रभाग मिडिया

रौतहट ।

रौतहटको चन्द्रपुर नगरपालिकामा सेफ्टी ट्याङ्कीमा डुबेर दुई जना बालबालिकाको ज्यान गएको छ।

चन्द्रपुर-१० स्थित बिनुवा टोलका हृदय पासवानको घरको शोचालयको सेप्टी ट्याङ्कीमा डुबेर सोही ठाउँ बस्ने जगदीश साहको १ वर्षीया छोरी खुश्बु साह र गम्भीरा साहको १ वर्षीय छोरा रञ्जे साहको ज्यान गएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिए ।

गएराति पौने ८ बजेको समयमा ती बालबालिका एकाएक प्लाइले ढाकिएको सेप्टी ट्याङ्कीमा डुबेका थिए । बालबालिकाको उद्धार गरी उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुर लगिएपनि चिकित्सकले दुवै जनालाई मृत घोषित गरेको गरेको प्रवक्ता रायले जानकारी दिए ।

घटनापछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट टोली गएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। हाल दुवैजना बालबालिकाको शव पोस्टमार्टमका लागि सोही स्वास्थ्य केन्द्रमा राखिएको छ।

  • ११ असार २०८२, बुधबार १२:४७ प्रकाशित