अमेरिकी डलरको भाउ बढ्यो, अस्ट्रेलियन डलरको भाउ घट्यो

केन्द्रभाग मिडिया

पोखरा ।

आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका केही विदेशी मुद्राको भाउ बढेको छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका विदेशी मुद्राको भाउ भने घटेको छ । युरोको भाउ बुधबार पनि घटेको थियो ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनियम दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६९ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३८ रुपैयाँ २९ पैसा थियो ।

त्यसैगरि आज युरो एकको खरिददर १५८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४२ पैसा छ। हिजो युरो एकको खरिददर १५९ रुपैयाँ २९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९९ पैसा थियो ।

त्यस्तै आज पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ६० पैसा र बिक्रीदर १८६ रुपैयाँ ४१ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५६ पैसा थियो । त्यसैगरि अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९० रुपैयाँ ०४ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०२ पैसा र बिक्रीदर ९० रुपैयाँ ४१ पैसा थियो ।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५० रुपैयाँ ७५ पैसा र बिक्रीदर ४५२ रुपैयाँ ७१ पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४५१ रुपैयाँ ७८ पैसा थियो । आज बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ७० पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६५ रुपैयाँ १८ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ७७ पैसा थियो ।

  • ५ असार २०८२, बिहीबार ०७:३८ प्रकाशित