कांग्रेस सिराहाका सभापति यादवलाई धम्क्याएको आरोप लागेका एसपी पाण्डे निलम्बित

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसका सिरहाका जिल्ला सभापति रामचन्द्र यादवलाई धम्क्याएको आरोप लागेका एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् ।

पाण्डेलाई मंगलबार निलम्बन गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ । प्रहरी प्रवक्ता बरिष्ठ प्रहरी उपरिक्षक बसन्त बहादुर कुँवरले जानकारी दिए ।

यसअघि पाण्डेलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी प्रधान कार्यालय नक्शालमा तानिएको थियो । पाण्डेमाथि हतियारसहित यादवको घरमा गएर धम्क्याएको आरोपसमेत लागेको छ । यस विषयमा २ नम्बर प्रदेश प्रहरी कार्यालयले छानविन गर्दै छ।

पाण्डेको ठाउँमा प्रहरी उपरीक्षक अर्जुन तिम्सिनालाई पठाइएको छ ।

 

  • २१ पुष २०७८, बुधबार १०:४४ प्रकाशित