पोखरा ।
पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होम बिलास सापकोटा निर्वाचित भएका छन् । संघको शनिबार सम्पन्न १३ औँ अधिवेशनबाट सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित निर्वाचित हो ।
संघको वरिष्ठ उपाध्यक्षमा जनकराज सुवेदी, उपाध्यक्षमा तीर्थराज देवकोटा, महासचिवमा दुर्गानाथ लामिछाने, कोषाध्यक्षमा बुद्धिबहादुर थापा र सचिवमा बिदुर बिसी निर्वाचित भए ।
त्यसैगरी सदस्यहरूमा अर्जुन त्रिपाठी, धनबहादुर झेन्डी, नवीन रोक्का, दिलिप श्रेष्ठ, अमिस गौतम र भोजबहादुर नेपाली निर्वाचित भएका छन् ।













