गठबन्धनको तर्फबाट राष्ट्रियसभा सदस्यका लागि गण्डकीमा तीन जनाको उम्मेदवारी

केन्द्रभाग मिडिया

पोखरा ।
राष्ट्रिय सभा सदस्यका लागि सत्ता गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

माओवादीका तर्फबाट भुवन सुनार र सुरेश आलेमगर ,कांग्रेसका तर्फबाट नेतृ कमला पन्तले मनोनयन दर्ता गराए । महिला क्लस्टरमा पन्त, दलितमा सुनार र खुलामा आलेमगरको उम्मेदवारी परेको हो । सत्ता गठबन्धनको सहमती अनुसार गण्डकीमा पनि उम्मेदवारी दर्ता भएको हो ।

गण्डकीबाट ३ जना निर्वाचित हुनेमा माओवादीबाट २ र कांग्रेसले १ जनालाई उम्मेदवार बनाउने सहमति सत्ता गठबन्धनबीच भएको थियो । एमालेका उम्मेदवारहरु पुण्यप्रसाद पौडेल, अर्जुन सुनाम र लीला थनेतले क्रमशः खुला, दलित र महिला क्लस्टरबाट उम्मेदवारी दर्ता गराए ।

  • २० पुष २०७८, मंगलवार १६:३६ प्रकाशित