पोखरा ।
आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारको विनिमयदर बढेको छ । तर अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने घटेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३७ रुपैयाँ २५ पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९२ पैसा थियो ।
त्यसैगरि आज युरो एकको खरिददर १५५ रुपैयाँ ६० पैसा र बिक्रीदर १५६ रुपैयाँ २९ पैसा छ । हिजो युरो एकको खरिददर १५५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४० पैसा थियो ।
त्यस्तै आज पाउन्ड एकको खरिददर १८४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८५ रुपैयाँ २३ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८४ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८५ रुपैयाँ ४० पैसा थियो ।
त्यसैगरि अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६० पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८० पैसा थियो । त्यसैगरि कुबेती दिनार एकको खरिददर ४४५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४४७ रुपैयाँ ७० पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ६९ पैसा थियो ।
आज बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ०८ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६३ रुपैयाँ २० पैसा थियो ।















