काठमाडौं ।
भारतका १६ राज्यमा कोरोना संक्रमण देखा परेको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ती राज्यहरूमा कोभिड(१९ बाट एक हजारभन्दा बढी सक्रिय कोरोना संक्रमित पुष्टि भइसकेको छ ।
मन्त्रालयका अनुसार भारतभरि कुल १ हजार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार सबैभन्दा बढी कोरोना संक्रमित केरला राज्यमा देखा परेका छन् । जहाँ ४०३ जना सक्रिय संक्रमित छन् । यसैगरी महाराष्ट्रमा ४३०, दिल्लीमा १०४, गुजरातमा ८३, तमिलनाडुमा ६९, कर्नाटकमा ४७ जना संक्रमित फेला परेका छन् ।
यसैगरी उत्तर प्रदेशमा १५, राजस्थानमा १३, पश्चिम बंगलामा १२, हरियाणामा र पुडुचेरीमा ९र९, आंध्रप्रदेशमा ४, मध्यप्रदेशमा २, तेलंगाना, गोवा र छत्तिसगढमा १र१ जना संक्रमित फेला परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।














