कपिलवस्तुमा ग्यास लिक भएर आगलागी : दिदीभाइले ज्यान गुमाए

केन्द्रभाग मिडिया

बुटवल ।

कपिलवस्तुमा आगलागीमा परेर दिदीभाइको ज्यान गएको छ । खाना पकाउने क्रममा ग्यासको सिलिन्डर लिक भएर आगलागी हुँदा शुद्धोदन गाउँपालिकाको जयनगरमा १८ वर्षीय सोनम यादव र उनका भाइ शिवकुमार यादवको ज्यान गएको हो ।

सोनमको उपचारका क्रममा र शिवकुमारको उपचारका लागि अस्पताल लैजाँदा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । उनीहरू नेपाल राष्ट्रिय उच्च मावि मुडफुटवाका विद्यार्थी हुन् । आइतबार साँझ ग्यास लिक भएर आगलागी हुँदा उनीहरूको ज्यान गएको प्रहरीको भनाइ छ ।

आगलागीबाट गम्भीर घाइते भएका उनीहरुलाई युनिभर्सल मेडिकल कलेज, भैरहवामा उपचारका लागि पठाइएको थियो। सोनमको भैरहवामै र शिवकुमारको भारतको गोरखपुर लैजाने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

  • १२ जेष्ठ २०८२, सोमबार १२:३८ प्रकाशित