युक्रेनमा रुसी आक्रमण : आठ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

किभ ।

रुसले शनिबार रातभर गरेको आक्रमणमा परेर युक्रेनमा कम्तीमा पनि आठ जनाको ज्यान गएको छ । युक्रेनको पश्चिम ख्मेल्नेत्स्की क्षेत्रमा चार जनाको ज्यान गएको भनिएको छ ।

अन्य तीन जनाको किभ क्षेत्र र एक जनाको दक्षिण सहर माइक्लेभामा ज्यान गएको बताइएको छ । रुसले आक्रमण सुरु गरेयता युक्रेनमा अहिलेसम्मकै सबैभन्दा भारी आक्रमण गरेको एक दिनपछि यो खबर आएको हो ।

आफ्नो रक्षा एकाइले शनिबार राति चार घण्टाको अवधिमा कयौँ रुसी क्षेत्रको आकाशबाट ९५ वटा युक्रेनी ड्रोन खसालेको र रोकेको रुसको रक्षा मन्त्रालयले भनेको छ । यस क्रममा कोही हताहत नभएको भनिएको छ । यी ड्रोन आक्रमणका कारण मस्कोका विमानस्थलमा हवाई उडान रोक्न रुस बाध्य भएको थियो ।

  • ११ जेष्ठ २०८२, आईतवार ११:४० प्रकाशित