राष्ट्रियसभाका लागि नेकपा एकीकृत समाजवादीले टुङ्ग्यायो उम्मेदवार

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एकीकृत समाजवादी (यस)ले राष्ट्रियसभाका लागि ५ उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।

सोमबार दिउँसो बसेको केन्द्रीय सचिवालय बैठकले पाँच प्रदेशबाट एक–एकजना उम्मेदवार छनोट गरेको हो ।

यसले प्रदेश १ बाट जयन्ती राई, लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे, बागमतीबाट गोमा तिमिल्सना, कर्णाली प्रदेशबाट उदय बोहरा र सुदूरपश्चिमबाट मदनकुमार साह ९गरिमा० लाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पाँचदलीय गठबन्धनले सोमबार १९ सिटमध्ये कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई पाँच–पाँच, जसपालाई दुई र राष्ट्रिय जनमोर्चालाई एक सिट दिने सहमति गरेको थियो ।

  • १९ पुष २०७८, सोमबार १७:१३ प्रकाशित