नयाँ दिल्ली ।
बुधबार साँझ उत्तर प्रदेश लगायत भारतका कयौँ क्षेत्रमा आएको आँधीले जनधनको ठुलो क्षति भएको छ । उत्तर प्रदेशमा आँधीका कारण कम्तीमा १४ जनाको ज्यान भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
मौसम विभागले उत्तर प्रदेशका ४७ जिल्लाका लागि अलर्ट जारी गरेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको कार्यालयले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्टमा सम्बन्धित अधिकारीहरूलाई राहत कार्य पूर्ण रूपमा छिटो सम्पन्न गर्न निर्देशन दिइएको बताएको छ ।















