पोखरा ।
गण्डकी प्रज्ञा प्रतिष्ठानको पदाधिकारी नियुक्ति अहिले चर्चाको विषय बनेको छ ।
गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले प्रतिष्ठानको लागि कुलपति, उपकुलपति, सदस्य सचिव तथा प्राज्ञ सभा सदस्य पदका लागि २०८२ साल बैशाख २७ गते दरखास्त आह्वान गरेको थियो ।
उक्त दरखास्त आह्वानसंगै चर्चा र विवाद बनिरहेको रहेको प्रतिष्ठानको उपकुलपतिमा प्राज्ञ नगेन सिंह ठकुरीले पनि आवेदन दर्ता गरेका छन् । मन्त्रालयले राखेको प्रावधान अनुसार प्राज्ञ ठकुरीले आवेदन दर्ता गरेका हुन्।
मन्त्रालयले तोकेको मापदण्ड अनुसार प्रतिष्ठानको कुनैपनि पदाधिकारी पदका लागि भाषा, साहित्य, लोक साहित्य, ललितकला, नाट्यकला, संगीत वा संस्कृतिको क्षेत्रमा अध्ययन वा अनुसन्धान गरेर ख्याति कमाएको हुनुपर्ने भनेर तोकिएको छ ।
सो मापदण्ड अनुरुप नै प्राज्ञ ठकुरीले उपकुलपतिको लागि आवेदन दिएको बताए ।
वि।सं। २०४८ सालबाट चित्रकलाको क्षेत्रमा पाइला चालेका उनले राष्ट्रिय रंगमा त्रिकोणात्मक चित्र सिर्जना गरी आफ्नो छुट्टै पहिचान बनाउन सफल छन् ।














