काठमाडौं ।
विपक्षी दलहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक अगाडि बढाउन माग गरेका छन् । यो विधेयक अगाडि बढाउने विषयलाई प्रतिनिधि सभाको क्यालेन्डरमा राखेर जानुपर्ने माग उनीहरूको छ ।
प्रतिनिधि सभाले १५/१५ दिनको क्यालेन्डर बनाउने गरेको छ । आगामी जेठ १ गते देखि जेठ १५ गते सम्मको क्यालेन्डर बनाउने विषयमा सभामुख देवराज घिमिरेले कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरू छलफल गरेका छन् ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा एमालेका मुख्य सचेतक महेश वर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र कांग्रेसबाट सांसद सरिता प्रसाईं सहभागी छन् ।
उक्त छलफलमा माओवादीका प्रमुख सचेतक पाण्डेले संसद्मा अड्किएका विधेयकहरू अगाडि बढाउनुपर्ने बताएका हुन् । अख्तियार विधेयक अड्किएको विषयलाई नागरिकले समेत उचित नमानेको उल्लेख गर्दै उनले अगाडि बढाउनुपर्ने बताएका हुन् ।














