राष्ट्रिय सभा निर्वाचनको भागबन्डा टुंगियो : कुन पार्टीको भागमा कति सिट? सूचीसहित

केन्द्रभाग मिडिया

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको भागबन्डा  टुंगो लागेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले छलफलबाट सिट बाँटफाँट टुंग्याएको हो ।

बैठकको निर्णय अनुसार कांग्रेसको भागमा ६, माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५–५, जसपाले २ र जनमोर्चाले १ सिट पाउने छन् ।

खाली हुने १९ सिटमध्ये आठ वटामा एमाले र बाँकीमा सत्ता गठबन्धनकै सदस्यहरुको कार्यकाल सकिंदै छ । यसअघि जुन–जुनबाट सदस्यहरु थिए, त्यो सिटमा सम्बन्धित दलबाटै उम्मेदवार बनाउने सहमति भएको छ ।

यो पनि पढ्नुहोस् ।

राष्ट्रियसभाको १९ सिटः कुन पार्टीको भागमा कति ?

माओवादी केन्द्र र एकीकृत समाजवादीले चार–चार तथा कांग्रेसले तीन सिट पाए । एमालेले जितेको आठ सिटमा कांग्रेसले ३, जसपाले २, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाले १–१ सिट पाउने गरी भागबण्डा भएको छ ।

आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि भोलि मंगलबार उम्मेदवारी दर्ता हुँदैछ ।बैठकले राष्ट्रिय सभामा रिक्त हुन लागेका सिटहरुमा भागबण्डा गरेर उम्मेदवार उठाउने निर्णय गरेको हो ।

  • १९ पुष २०७८, सोमबार १३:०३ प्रकाशित