पोखरेल र बस्नेतलाई वरिष्ठ पत्रकार सम्मान, दीपेन्द्र श्रेष्ठलाई राष्ट्रिय पत्रकारिता पुरस्कार

केन्द्रभाग मिडिया

पोखरा ।

वरिष्ठ पत्रकार सम्मानबाट नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेल र प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष गणेश बस्नेत सम्मानित भएका छन् ।

राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा बुधबार उनीहरुलाई सम्मान गरिएको हो । त्यस्तैगरी नेपाल पत्रकार महासंघ कास्की शाखाका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठसहित ६ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ ।

सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेका अनुसार सो पुरस्कारबाट विमल गौतम, लोग्सरी कुँवर, दिपेन्द्र वान्तवा, डिल्लीराम खतिवडा र सागर पण्डित पनि पुरस्कृत भएकाहुन् ।

सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालको हरेक परिवर्तनहरूमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहेको भन्दै समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए ।

  • २४ बैशाख २०८२, बुधबार १८:३७ प्रकाशित