पोखराको सेती नदीमा पौडी खेल्ने क्रममा एक युवकको ज्यान गयो

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको सेती नदीमा पौडी खेल्ने क्रममा एक युवकको ज्यान गएको छ ।

पोखरा महानगरपालिका–१४ खाल्टेमसिना स्थित सेती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवक मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

बागलुङको निसिखोला गाउँपालिका–३ घर भई हाल सोही महानगरपालिका स्थित मझेरीपाटन बस्ने १८ वर्षीय युवराज वि.क.नदीमा पौडी खेल्ने क्रममा सोमबार दिउँसो २ बजेतिर बेपत्ता भएका थिए।

उक्त जानकारी पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नं। २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक भोला श्रेष्ठको कमाण्डमा गोताखोरको टोली खटिएको थियो।

गोताखोरको टोलीले १८ फिट गहिराइबाट डेढ घण्टापछि शव निकालेको सशस्त्र प्रहरीले बताएको छ ।

  • २२ बैशाख २०८२, सोमबार १६:३५ प्रकाशित