पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा ‘यूरो ६’मापडण्ड लागू गर्ने नीति

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ बाट यूरो ६ मापदण्ड लागू गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनले भने, ‘पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा यूरो ६ मापदण्ड लागू गरिने छ ।’

नेपालमा लामो समयदेखि यो मापदण्ड लागू गर्न माग उठ्दै आएको छ ।

  • १९ बैशाख २०८२, शुक्रबार १६:२९ प्रकाशित