पोखरा ७ बुलौदीस्थित पुष्पलाल स्मृति पार्कको वालमा आर्ट पेन्टिङ

केन्द्रभाग मिडिया

पोखरा महानगरपालिका वडा नं.७ बुलौदी स्थित पुष्पलाल स्मृति पार्कको तल्लोपट्टिको वालमा आर्ट पेन्टिङ गरिएको छ । पोखरा महानगरपालिका र नेपाल कर्मसियल आर्टिष्ट सङ्घको सहकार्यमा उक्त वालमा पोखराका प्रमुख पर्यटकीय स्थलहरूको प्रतिबिम्ब बनाइएको हो ।
मे दिवसका अवसरमा सो आज अनावरण गरिएको छ । सो क्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पर्यटन राजधानी पोखराको सौन्दर्यीकरण सहित पर्यटन प्रवर्द्धनका लागि प्रयोगमा नरहेका खुला र फराकिला स्थानहरूमा यस प्रकारका आर्टहरू गरिने बताए ।
यस स्थानमा पोखराबाट देखिने हिमालय श्रृखला, ताल, प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित मठमन्दिरहरू लगायतका प्रतिबिम्बहरू बनाइएको छ ।

  • १८ बैशाख २०८२, बिहीबार १३:२९ प्रकाशित