‘रामचन्द्र पौडेलले केन्द्रीय सदस्य पद अस्विकार गर्नुपर्छ’

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केन्द्रीय समितिलाई पूर्णता दिने तयारीमा छन् । विधान अनुसार मनोनीत गर्न पाउने ३३ केन्द्रीय सदस्यमध्य देउवाले शनिबार १० नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । अब २३ जना केन्दीय सदस्य देउवाले मनोनीत गर्न पाउछन् ।

मनोनीत गर्दा देउवाले आफुलाई महाधिवेशनमा सहयोग गर्ने नेताहरुलाई रोजेका छन् । रामचन्द्र पौडेल वाहेकका अरु देउवालाई लामो समयदेखी सहयोग गदै आएका नेता हुन् । मनोनीत भएका धेरै नेता महाधिवेशनमा पराजित भएका हुन् । सभापतिलाई विधानले मनोनीत गर्ने अधिकार दिए पनि समावेशी सिद्धान्त भने अवलम्बन गर्नुपर्ने हुन्छ ।

सभापतिमा पराजीत शेखर कोइरालासंग देउवाले समन्वय र छलफल नगरेको भन्ने समाचार पनि आइरहेका छन् । मनोनीत पदमा सभापतिले सबैलाई समेटेर लैजानेमा कोइराला पक्षका नेताले शंका व्यक्त गरेका छन् ।

देउवाले पहिलो चरणमा आफूनिकटलाई मात्रै केन्द्रीय सदस्य मनोनीत गरेकोमा आलोचना भएको छ। आफु सबैको सभापति भएको र सबैलाई समेटेर लैजाने भाषण गरेका देउवाले आफु पक्षकालाई मात्र मनोनीत गरे पछि कोइराला पक्षले गुटको राजनीति गरेको आरोप लागाएका छन् । विगतमा पनि पराजित भएका शीर्ष नेतालाई केन्द्रीय सदस्य मनोनीत गर्ने कांग्रेसमा परम्परा छ।

अर्को तर्फ महाधिवेशन प्रकृयाबाटै अलग रहेका नेता रामचन्द्र पौडेललाई केन्द्रीय सदस्य मनोनीत गरे पछि उनी माथी पनी प्रश्न उठेको छ । महाधिवेशनको निर्वाचन प्रकृयामा पौडेल सहभागी भएका थिएनन् । उनले मतदान समेत गरेनन् ।

महाधिवेशन प्रकृयामा सामेल नभएको नेतालाई कसरी केन्द्रीय सदस्य मनोनीत गरियो नेता गुरुराज घिमिरेले भनेका छन् । पौडेलले केन्द्रीय सदस्य पद अस्विकार गर्नुपर्ने उनको तर्क छ । राजनीतिमा नैतिकताको पाठ सिकाउने पौडेलले यो पद अस्विकार गर्नुपर्ने घिमिरेले बताए ।

शनिबार देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।

 

  • १८ पुष २०७८, आईतवार १२:४३ प्रकाशित