काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाप्रति दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत उनले निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलामा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, ‘दुःखको यो घडीमा नेपाल सरकार भारत सरकारका साथ दृढतापूर्वक उभिएको छ, आतङ्कवादका कुनै पनि रूप र प्रकटीकरणको नेपाल सरकार भर्त्सना गर्दछ ।’
उक्त आक्रमणमा एक जना नेपाली नागरिक पनि परेको भन्ने विवरणहरूलाई पुष्टि गर्न सम्बन्धित निकायहरूसँग सरकार निकट सम्पर्क एवं समन्वयमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।















