नेपालमा थप ३८२ जनामा कोरोना संक्रमण

केन्द्रभाग मिडिया

काठमाडौं।
आज नेपालमा कोरोना भाइरसका ३ सय ८२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २८ हजार ७ सय ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज २ सय ५२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख १२ हजार २ सय १० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा २० हजार ९ सय ५९ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज नेपालमा कोरोना संक्रमणबाट मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संखया ११ हजार ५ सय ९४ रहेको छ ।

  • १७ पुष २०७८, शनिबार १६:२८ प्रकाशित