शिक्षामन्त्री भट्टराईले दिइन राजिनामा

केन्द्रभाग मिडिया

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ ।

उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनले राजीनामा दिएकी हुन् ।

शिक्षक महासंघसँग बारम्बार संवाद भइरहेको छ तर निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा परेकी थिइन् ।

 

 

  • ८ बैशाख २०८२, सोमबार १७:४८ प्रकाशित