पहिरोका कारण ८ घण्टादेखि पृथ्वी राजमार्ग अबरुद्ध

केन्द्रभाग मिडिया

एआई द्वारा निर्मित तस्बिर

काठमाडौं ।

पहिरो खसेपछि पृथ्वी राजमार्ग आठ घण्टादेखि अवरुद्ध छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा ठूलो सुख्खा पहिरो खस्दा सडक दुवैतर्फी अवरुद्ध भएको हो ।

शनिबार राति करिब १०:२५ बजे खसेको पहिरोका कारण नारायणगढ–काठमाडौँ सडकखण्ड पूर्णरूपमा बन्द भएको प्रहरीले जानकारी दिएको छ ।

पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउन अझै कम्तीमा ५र६ घण्टा समय लाग्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म नारायणगढबाट काठमाडौँ जाने तथा काठमाडौँबाट नारायणगढ आउने सबै प्रकारका सवारीसाधनको आवागमन पूर्णरूपमा बन्द गरिएको छ ।

पहिरो पन्छाएर सडक खुलाउन सडक विभागसँगसमेत समन्वय भइरहेको प्रहरीले जनाएको छ । पहिरोको कारण सवारी साधन रोकिँदा यात्रुले सास्ती पाएका छन् ।

  • ३१ श्रावण २०८३, आईतवार ०६:५१ प्रकाशित