अध्यक्ष लिङ्देनसहितका राप्रपा नेताहरू रिहा

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्दनेसहितका नेताहरुरिहा भएका छन् । आइतबार भएको प्रदर्शनका क्रममा सिंहदरबारबाटै पक्राउ परेका उनीहरुलाई पक्राउ गरेको केही घण्टामै रिहा गरिएको हो ।

लिङ्देनको सचिवालय स्रोतका अनुसार आइतबार दिउँसो सिंहदरबार परिसर र सडकबाट पक्राउ परेका अध्यक्ष लिङ्देनसहित सबै नेता कार्यकर्ताहरू रिहा भएका हुन् ।

आज पक्राउ परेका पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका नेता कार्यकर्ता विना सर्त रिहा भएको अध्यक्ष लिङ्देनका सचिवालयले जानकारी दिएको छ ।

  • ७ बैशाख २०८२, आईतवार १८:४२ प्रकाशित