काठमाडौं ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले देशले केपी ओली प्रवृत्तिलाई अस्वीकार गरिसकेको टिप्पणी गरेका छन् ।
नेकपा माओवादी केन्द्रको गौरादह नगरपालिकाको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । पहिलो पार्टी भएर पनि कांग्रेसले जिम्मेवार दलको भूमिका निर्भर गर्न नसक्दा देशमा अझै निराशा बढेको बताए ।
कांग्रेसले जिम्मेवार भएर सरकारको नेतृत्व गरे आफ्नो पार्टीले समर्थन गर्ने पनि उनले बताए । तर, सरकारमा भने सहभागी नहुने उनको भनाइ थियो ।
जनताले अहिलेको सरकार परिवर्तन चाहेको र २०८४ सम्म यो सरकार जानु हुदैन भन्ने समेत जनधारणा रहेको गजुरेलले बताए ।
देश आर्थिक सामाजिक सांस्कृतिक र राजनीतिक हिसाबले असफल बन्ने खतरामा रहेको र यसो हुनुमा केपी ओली प्रवृत्ति जिम्मेवार रहेको उनको भनाइ रहेको थियो ।














