सरकारका गलत कामका कारण प्रतिगामी षड्यन्त्र देखा पर्न खोज्यो : प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय कहीँ न कहीँ आफ्नो वर्गप्रतिको एकता कमजोर हुँदै गएको स्वीकारेका छन । उनले अहिले आफूहरू आत्मालोचनासहित उत्पीडित वर्ग र समुदायको हक अधिकारलाई समाजवादको दिशामा अगाडि बढेको बताए ।

नेवाः राष्ट्रिय मुक्ति मोर्चाको खबरदारी सभालाई सम्बोधन गर्दै नेवा समुदायको पहिचान पूरै स्थापित नभएसम्म माओवादी केन्द्रले साथ नछाड्ने बताए ।
उनले राजावादीहरूलाई लक्षित गर्दै भने, ‘तपाईँहरूले पनि साथ दिनुस्, अहिले प्रतिगामी षड्यन्त्र जो देखा पर्न खोजेको छ । त्यो अहिलेको सरकारका गलत कामका कारणले धमिलो पानीमा माछा मार्ने दुस्साहसजस्तो गरेका छन । त्यो सफल हुने छैन ।’

उनले प्रतिगामी षड्यन्त्रका विरुद्ध एकजुट हुन आह्वान गरे ।

  • ६ बैशाख २०८२, शनिबार १५:२९ प्रकाशित