कास्की कांग्रेसका डाइनामिक लिडर बरालको पार्टी बनाउने आक्रामक कार्यक्रम (भिडियोसहित)

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल कार्यकर्ता माझ निकै लोकप्रिय छन् । गुटगत राजनीतिको निरन्तरतालाई तोड्दै कास्कीको सभापतिमा निर्वाचित भएका बराल नयाँ ढंगले पार्टी संचालनमा रहेको संकेत गरेका छन् । उनी पार्टी कार्यकर्ताको भावना र जनताको भावनासंग जोड्ने अभियानमा रहेको बताउछन् ।

बौद्धिक नेताको परिचय भएका बराल कास्कीको नेतृत्वमा आए पछि कार्यकर्तामा नयाँ उत्साथ थप्न सफल देखिएका छन् ।

उनले पहिलो औँपचारीक कार्यक्रममा कार्यकर्ताको मन जितेका छन् । आसनग्रहण र माइक पाए पछि घण्टौ नचाइदा भाषण गर्ने नेतालाई ठेगान लगाउन उनले कार्यसमितिबाटै निर्णय गराएर कार्यक्रम संचालन र मन्तब्यको खाका बनाएका छन् । उनले मञ्चमा सभापति र प्रमुख अतिथिलाई मात्र कुर्चीको व्यवस्था गर्ने नियम बसाएका छन् । प्रमुख अतिथि वाहेकका अन्य नेताका लागि मन्तब्यको समय ५ मिनेटको तोकिएको छ ।

यसवारे उनले ४६ औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवशमा जानकारी दिएका छन् । उक्त कार्यक्रममा आसनग्रहण, मञ्च व्यवस्थापन र मन्तब्यको समयलाई व्यवस्थापन गरेकोमा उनले कार्यकताको वाइवाइ पाएका छन् ।

औपचारीका मञ्चको कार्यक्रम वारे उनको धारण यस्तो छ ।

  • १६ पुष २०७८, शुक्रबार १८:५३ प्रकाशित