द्वन्द्वकालका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिन्न : प्रधानमन्त्री

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वकालमा भएका अमानवीय जघन्य अपराधलाई माफी दिन नसकिने प्रष्ट्याएका छन् । विहीबार बिहीबार नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो प्रष्ट्याएका हुन् ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको खोजबिन आयोगबाट पीडितलाई न्याय दिने गरी कार्य सम्पादन हुने उनको भनाइ छ ।

प्रधानमन्त्री आलेले अहिले हामी सघंीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा रहेको उल्लेख गर्दै जनताका बीचमा गएर प्रतिस्पर्धा पाइने व्यवस्था रहेको बताए । उनले चुनाव जितेर एमालेले एकल सरकार बनाएर विकास र समृद्धिका लागि अभूतपूर्व कामको थालनी गरेको उनको दाबी छ । उनले यस्तो बेला त्यसबाट त्रसित भएर प्रतिक्रियावादीको उक्साहटमा एमालेलाई विस्थापित गर्न खोजिएको समेत टिप्पणी गर ।

उनले देशको विकास र समृद्धिका लागि एमाले कस्सिएर अघि बढेको दाबी पनि गरे । ‘अगुवाइ गर्न नेकपा एमाले कस्सिएको पनि छ । गरिरहेको पनि छ । नीतिगत कुरामा नेकपा एमाले एकदमै स्पष्ट छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हरेक प्रश्नमा नेकपा एमाले स्पष्ट छ । राष्ट्रि नीति के गर्नुपर्छ भन्ने कुरामा नेकपा एमाले स्पष्ट छ’ उनले भने ।

  • ४ बैशाख २०८२, बिहीबार १४:१४ प्रकाशित