प्रचण्डले भनेकै आधारमा सरकार बन्ने र ढल्ने हुँदैन : डा. महत

केन्द्रभाग मिडिया

फाइलन तस्बिर

काठमाडौं ।
सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता प्रशाशशरण महतले प्रतिपक्षी दलका नेता प्रचण्डले भनेको आधारमा सरकार बन्ने र ढल्ने नहुने बताएका छन् ।

बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पूर्व पदाधिकारी, पदाधिकारी र मन्त्रीसहितको बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

प्रवत्ता महतले सरकार ढलिहालोस् भन्ने प्रतिक्षीको स्वभाविक धर्म भएको टिप्पणी गरे । ‘प्रमुख प्रतिपक्षी दलले त सरकारको प्रतिपक्षमा भएको हुनाले सरकार ढलिहालोस् भन्ने स्वभाविक धर्म नै हो,’ महतले भने, ‘उहाँ (प्रचण्ड) ले भनेको कुरामा टिप्पणी छैन । उहाँले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र ढल्ने हुँदैन ।’

 

  • ४ बैशाख २०८२, बिहीबार १३:४४ प्रकाशित