काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई दुष्प्रोत्साहित गर्ने तत्व सक्रिय रहेको बताएका छन् । नेकपा एमालेको जागरण सभालाई झापाको दमकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
देशमा किन बस्ने भनेर दुष्प्रोत्साहित गर्ने तत्व सक्रिय रहेको उनलेको टिप्पणी छ । त्यस प्रवृत्तिबाट जोगिएर यही बस्ने वातावरण सिर्जना गरेर युवालाई यहीं राख्ने वातावरण तयार गर्ने उनले बताए ।
देशमा युवा निराश हुनुपर्ने अवस्था नरहेको दाबी गरेका उनले सरकारले नयाँ वातावरण निर्माण गरेर युवालाई स्वरोजगार बनाउने बताए । युवालाई उद्यमशीलता सिक्न पनि उनले आह्वान गरे । ‘उद्यमशीलताको विकास गर्ने आजको नारा हो । उद्यमशीलता सिक्नुस्, एउटाले अर्कोबाट सिक्नुस्, तालिम कक्षाहरु सञ्चालन गर्न स्थानीय सरकार, प्रदेश सरकार लागि पर्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले जहाँ जनता छन् त्यहाँदेखि अभियान उठाएर लान एमाले कार्यकर्तालाई निर्देशन दिए । उनले ११ वैशाखमा काठमाडौंमा युवा महोत्सव गर्ने बताए । उनले जनवर्गीय संगठनलाई आग्रह गर्दै ४० वर्ष मुनिका युवालाई विजय दिवस मनाउन अपिल गरे ।













