संघीय प्रणालीको विशेषता नै सेवा प्रवाह हो : प्रधानमन्त्री

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय प्रणालीको विशेषता नै सेवा प्रवाह भएको बताएका छन् । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

भ्रष्टाचारको न्युनीकरणसहित सुशासनको सेवा प्रवाह कसरी गर्ने भनेर नै मुलुकमा तीन तहका सरकारहरू बनेको भन्दै प्रधानमन्त्रीले आफू नेतृत्वको सरकार स्थिरता र स्थायित्वका लागि बनेको बताएका छन् । ‘अहिलेको सरकार स्थिरता र स्थायित्वका लागि बनेको हो । सुशासन र विकासका लागि बनेको हो । मुख्य एजेन्डा नै यही हो अहिलेको सरकारको’, प्रधानमन्त्री ओलीले भने, ‘अस्थिरता हुन नदिएर स्थिरता र स्थायित्व दिने । ’

प्रधानमन्त्री ओलीले अध्यादेशमार्फत सरकारले कानुनहरू बनाएको भन्दै अब मुलुकको अर्थतन्त्र सही ढंगले अघि बढ्ने विश्वास व्यक्त गरे । उनले सरकार र निजी क्षेत्रको सहकार्य कस्तो हुनुपर्छ भनेर नमुनाका रूपमा अघि बढेको पनि बताए ।

  • २८ चैत्र २०८१, बिहीबार १५:२९ प्रकाशित