युगान्डामा जारी वुमन्स डे कपमा नेपाल नामिबियासँग फेरि पराजित भएको छ।
१२६ रनको लक्ष्य पछ्याएको नेपाल ५ विकेटको क्षतिमा १०२ रनमा समेटिन पुग्यो।यसअघि पहिलो चरणमा पनि नेपाल नामिवियासँग ६ विकेटले पराजित भएको थियो।
यो हारसँगै नेपालको फाइनल खेल्ने सम्भावना कमजोर बनेको छ। चार टोली सहभागी प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।















