काठमाडौं ।
बेलायतले एक जना नेपालीलाई अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा निष्कासन गरेको छ । निष्कासनमा पर्नेमा थापा थरीका एक जना रहेका छन । लुकिछिपी काम गरिरहेका बेला उनी पक्राउ परेका थिए । स्रोतका अनुसार पक्राउ पर्दा थापासँग न पासपोर्ट थियो, न आवश्यक कागजपत्र नै । दुवै चिज नभएपछि त्यहाँको अध्यागमनले केही दिन नियन्त्रणमा राखेर निष्कासन गरेको स्रोतको भनाइ छ ।
थापालाई यसै साता टर्कीस एयरलायन्सको विमानबाट काठमाडौं पठाइएको हो । यसअघि गत माघ दोस्रो साता दुई नेपालीलाई बेलायतले निष्कासन गरेको थियो । गैरकानुनी रूपमा प्रवेश गरेको आरोपमा बस्नेत र श्रेष्ठ थरीका एक–एक जनालाई बेलायतले निष्कासन गरेको थियोे ।















