इजरायलले प्यालेस्टिनी कैदी रिहा गर्न थालेपछि हमासले फिर्ता गर्‍यो ४ बन्धकको शव

केन्द्रभाग मिडिया

एजेन्सी।

इजरायलले ६०० प्यालेस्टिनी कैदी रिहा गर्न थालेसँगै हमासले चार बन्धकको शव फिर्ता गरेको छ।

इजरायल र हमासबीचको सम्झौताको पहिलो चरणअन्तर्गत यो बन्धक र कैदीको अन्तिम आदानप्रदान हो। हमासका अनुसार ८६ वर्षीय सलोमो मन्सुर, ५० वर्षीय ओहाद याहालोमी, ५० वर्षीय सच्ची इदान र ६९ वर्षीय इत्जिक अल्ग रातको शव फिर्ता गरेको हो।

७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गर्दा हमासले उनीहरूलाई बन्धक बनाएको थियो।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यी बन्धकको शव फिर्ता भएको पुष्टि गरेका छन्।

यसअघि फागुन ८ गते पनि हमासले चार बन्धकको शव इजरायललाई सुम्पेको थियो। जनवरी १९ देखि इजरायल र हमासबीच युद्धविराम भएयता बन्धक र कैदी आदानप्रदान भइरहेको हो।

यस क्रममा हमासले ६ खेप गरेर जीवित २४ जना बन्धक रिहा गरेको छ भने सट्टामा इजरायलले ९ सय ३५ जना प्यालेस्टिनी कैदी रिहा गरेको छ।

अब इजरायलले ६०० प्यालेस्टिनकी कैदी रिहा गर्न सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

  • १५ फाल्गुन २०८१, बिहीबार १०:२९ प्रकाशित