लमजुङमा भूकम्पको धक्का

केन्द्रभाग मिडिया

लमजुङ ।

लमजुङमा भूकम्पको धक्का महसुस भएको छ। आज बिहान ९ बजेर ११ मिनेट जाँदा र्मस्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्पमापन केन्द्रले ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको जनाएको छ । सो भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको छ।

  • १२ फाल्गुन २०८१, सोमबार ११:१६ प्रकाशित