महाधिवेशनस्थलबाट हटाइयो प्रचण्डको ‘कटआउट’

केन्द्रभाग मिडिया

नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनस्थलमा राखिएको अध्यक्ष प्रचण्डको ‘कटआउट’ हटाइएको छ ।

महाधिवेशनको पहिलो दिन कमलादी परिसरमा प्रचण्डको कटआउट राखिएकामा त्यसप्रति आलोचना भएसँगै दोस्रो दिन हटाइएको हो । नेतृत्वलाई थाहै नदिई केही निकटस्थ व्यक्तिले चाकडी गर्नका लागि कटआउट राखेको भन्दै आचोलना भएपछि हटाइएको हो ।

प्रचण्डमा पनि ओली प्रवृति झल्किएको भन्दै सामाजिक सञ्चालमा आलोचना भएको थियो ।आइतबार प्रचण्डको कटआउटलाई पृष्ठभूमि बनाएर नेता कर्ताकर्ताले धमाधम सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेको देखिएको थियो भने त्यसको आलोचना भएको थियो ।

  • १२ पुष २०७८, सोमबार १३:०५ प्रकाशित