मेलम्चीको भेल पसेपछि विशेष अदालतको सुनुवाइ स्थगित

केन्द्रभाग मिडिया

काठमाडौं ।

मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुटेपछि विशेष अदालतमा चलिरहेको मुद्दाको सुनुवाइ नै रोकिएको छ । अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार अदालत परिसरमा बाढी पसेपछि सबै काम ठप्प भएको हो ।

रेग्मीको अनुसार अहिले बिजुली पनि छै । अदालतको भुइँतला सबै डुबेको छ । उनका अनुसार सबै कर्मचारी र सेवाग्राही अदालत परिसरभित्रै रोकिएका छन् ।

बुधबार दिउँसो मेलम्चीको मुख्य पानीको पाइप एकाएक भित्र छिरेपछि अहिले त्यहाँ वरपर जलमग्न भएको छ ।

  • ३० माघ २०८१, बुधबार १६:३७ प्रकाशित